१८ बलमा अर्धशतक हान्दै निशमले बनाए कीर्तिमान

14 Dec, 2024
Share:
117 Shares

किबी अलराउन्डर जिमी निशमले नेपाल प्रिमियर लिगमा १८ बलमै अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा चितनव राइनोजविरुद्ध निशमले १८ बलमा ४ चौका र ५ छक्का हान्दै अर्धशतक बनाएका हुन्।निशमले बासिल हमिदको एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए।

यो सँगै उनले एनपिएलमा सर्वाधिक छिटो अर्धशतक हान्ने कीर्तिमान आफ्नो नाममा लेखाए।

यसअघि पोखरा एभेन्जर्सका आन्द्रे गौसले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए।