ऐतिहासिक टी-२० सिरिजमा नेपालले वेस्ट इन्डिजसँग खेल्दै, नेपालले जित्ला?

27 Sep, 2025

नेपालले आईसिसीको पूर्ण सदस्य वेस्ट इन्डिजसँग ऐतिहासिक टि–२० सिरिज खेल्दै छ। नेपालले पहिलो पटक आईसिसीको पूर्ण सदस्यसँग पहिलो पटक सिरिज गर्न लागेको हो।

सिरिज आजैबाट सुरु हुँदैछ । सिरिजको पहिलो खेल नेपाली समयअनुसार आज राति ८ः१५ बजे सारजाह क्रिकेट मैदानमा हुने छ। सिरिजलाई युनिटी कप नाम दिइएको छ।

एकसाताअघि नै युएई पुगेको नेपाली टिमले सारजाहमा केही दिन अभ्यास गर्दै कन्डिसनसँग भिज्ने प्रयास गरेको छ। त्यसैले टि–२० क्रिकेटको बलियो टिम वेस्ट इन्डिजलाई नेपालले चुनौती दिने विश्वास गरिएको छ।

नेपाली टिमका कप्तान रोहित पौडेको धारणा पनि यस्तै छ। खेलअघिको पत्रकार सम्मेलनमा रोहितले सिरिजका लागि सबै खेलाडीहरु उत्साहितरहेकाले उत्कृष्ट क्रिकेन खेल्न सके वेस्ट इन्डिजलाई हराउन सकिने बताए। उनले सिरिज जित्न सकिने विश्वास व्यक्त गरे।

‘हामीले आफ्नो बेस्ट क्रिकेट खेल्यौं भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ। हामी सिरिज जित्न सक्छौं भन्ने छ,’ कप्तान रोहितले प्रि म्याच कन्फ्रेन्समा भने।

तर, राष्ट्रिय टिमका नियमित सदस्यहरु नभएको वेस्ट इन्डिजलाई हराउन पनि निकै मेहनत गर्नुपर्छ। वेस्ट इन्डिजको टिममा अनुभवी र युवा खेलाडीको समिश्रण छ।

त्यसैले उसलाई हराउन नेपालले बल र ब्याटसँगै फिल्डिङमा पनि उत्तिकै मेहनत गर्नुपर्ने हुन्। नेपालका लागि दुवै ओपनर आसिफ सेख र कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र मोहम्मद आदिल आलम ब्याटिङमा तथा बलिङ सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीको भूमिका महत्वपूर्ण हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]