हङकङविरुद्ध नेपाल निकै दयनीय अवस्थामा, सय रन नबनाउँदै ८ विकेट गुमायो

20 Apr, 2024

एसिसी प्रिमियर कप खेल्ने ओमान पुगेको नेपाली टिमले निरन्तर खराब ब्याटिङ प्रदर्शन गरेका छ। शुक्रबार सेमिफाइनलमा युएईविरुद्ध ११९ रनमै अलआउट भएको नेपालले हङकङविरुद्धको तेस्रो स्थानको प्लेअफमा पनि सोही लय कायम राखेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बोर्डमा १ सय नजोड्दै महत्वपूर्ण ८ विकेट गुमाएको छ। पावरप्लेमै ३ विकेट गुमाएको नेपालले त्यसपछि लगतार विकेट गुमाउँदा नेपाल १४ ओभरको समाप्तिमा ८८–७को अवस्थामा छ।

नेपालले १४ ओभरको तेस्रो र चौथो बलमा सन्दीप जोरा र गुल्सन झालाई रनआउट मार्फत गुमाएको थियो। त्यसअघि इनिङको दोस्रो बलमै नेपालले कुशल भुर्तेललाई शुन्य रनमा गुमायो। प्रतियोगितामा खराब फर्ममा रहेका कुशलको यो तेस्रो डकआउट हो।

त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीलाई १२, पाँचौं ओभरको पाँचौं बलमा आसिफ सेख र आठौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेललाइृ नेपालले गुमायो। आसिफले ५ र रोहितले २१ रन बनाए।

त्यसपछि नेपालले कुशल मल्ललाई १३ र करण केसीलाई ३ रनमा गुएको थियो।

बलिङमा हङकङका आयुष शुक्लाले ३ तथा अतिक इक्वाल, यासिम मुर्ताजा र इशान खानले समान १ विकेट लिए।