सन्दीप र आदिलको उत्कृष्ट ब्याटिङमा आसाममाथि नेपाल एको लागतार दोस्रो जित

31 Aug, 2025

भारतको गुवाहाटीमा अभ्यास खेल खेलिरहेको नेपाल ए टिमले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको ५ खेलको टि–२० सिरिजको तेस्रो खेलमा नेपाल ९ रनले विजयी भयो।

यो जितसँगै सिरिजमा नेपालले २–१को अग्रता लिएको छ। सिरिजको पहिलो खेलमा डिएलएस मेथर्डमा १५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ९६ रनको फराकिलो जित निकालेको थियो।

्नेपालले दिएको १९७ रनको बलियो लक्ष्य पछ्याएको आसाम २० ओभरमा १८७ रनमात्रै बनाउन सक्यो। आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाए भने कप्तान सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ तथा साहिल जेनले २४ रन बनाए।

बलिङमा नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले समान विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल एले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए। उनले ४८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

यस्तै आदिल आलमले १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै विस्फोटक रुपमा ३५ रन बनाए । यस्तै, तृतराज दासले ३२ बलमा ३३ रन बनाउँदा कप्तान अनिल साहले २० बलमा ३१ रन बनाए।

बलिङमा आसामका आकाश सेनगुप्ताले २ विकेट लिए भने मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले समान १ विकेट लिए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]