नेपाल क्रिकेट संघ (क्यन) र कुवेत क्रिकेट बोर्डले सहकार्य गर्ने भएका छन्। दुवै देशका क्रिकेट संघले प्रत्येक वर्ष दुई देशबीच सिरिज गर्ने सहमति भएको हो।
सहमति अनुसार प्रत्येक वर्ष नेपाल र कवेतबीच महिला र पुरुषका तीन टि–२० र एकदिवसीय सिरिज हुनेछ।
यो सम्झौता २०२६बाट लागू हुनेछ। सिरिज नेपाल र कुवेतले पालैपालौ आयोजना गर्ने छन्।
यो सहकार्यले सहकार्यले अन्तर्राष्ट्रिय एक्सपोजर बढाउने र यस क्षेत्रमा एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिने विश्वास छ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल र कुवेत एउटै समूहमा छन्।
