युएईलाई हराउँदै नेपाल महिला टि-२० विश्वकपको ग्लोबल छनोटमा, इन्दू र रुविनाको उत्कृष्ट ब्याटिङ

19 May, 2025

नेपाल महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। आइतबार थाइल्यान्डमा भएको एसिया छनोटको सुपर थ्रीको पहिलो खेलमा युएईमाथि ५ विकेटको सानदार जित निकाल्दै नेपालले ग्लोलब छनोटमा पुगेको हो।

नेपालका जितसँगै थाइल्यान्ड पनि ग्लोबल छनोटमा पुगेको छ। दुवै टिम सुपर थ्रीमा १ खेल बाँकी छँदै ग्लोबल छनोटमा पुगेका हुन्। अब दुवै टिमले सुपर थ्रीको अन्तिम खेल खेल्ने छन्।

पहिला ब्याटिङ गर्दै युएईले दिएको १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दू बर्मा, रुविना क्षेत्री र सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरे।

कप्तान इन्दूले २८ बलमा २ चौका मद्दतमा नटआउट ३० रन बनाइन्। उनको ‘रनिङ विटविन द विकेट’ उत्कृष्ट थियो। यस्तै, पूर्वकप्तना रुविनाले १८ बलमा ३ चौका मद्दतमा २३ रनको महत्वपूर्ण पारी खेल्दा सम्झनाले ओपनिङमा २७ बलमा ३ चौका नै प्रहार गर्दै २१ रन बाइन्। यस्तै, उपकप्तान पुजा महतोले १३ रन बनाइन्।

बलिङमा युएईका मिचेल बोथा, सुरक्षा कोटे, वाइसनवे महेश र इशा ओजाले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। उसका लागि इशा ओजाले ३९ र थिर्था सतिश २१ रन बनाए। यी दुई पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। यी दुई बाहेक हिना होट्चनदानीले २० र लावन्या केनीले १२ रन बनाए।

बलिङमा नेपालका मनिषा उपाध्यायले ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले पनि १ विकेट लिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]