अमेरिकामा हुने लिग–२को सिरिजका लागि नेपाली टिमको घोषणा, क्यानडामा खेलेकै टिमलाई निरन्तरता

26 Oct, 2024

अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। यसअघि क्यानडामा लिग–२को सिरिज खेलेकै टिमले अमेरिकामा पनि निरन्तता पाएको छ।

नेपालले घरेलु टोली अमेरिका र स्टकल्यान्डसँग सिरिज खेल्दै छ। शुक्रबारबाटै सुरु भएको सिरिजमा नेपालले भोलि अमेरिकासँग खेल्दै सिरिजको सुरुआत गर्ने छ।

सिरिजको तयारीका लागि नेपालले अमेरिकासँग ३ खेलको टि–२० सिरिज खेलेको थियो भने अमेरिका एसँग ५० ओभरको एक अभ्यास खेल खेलेको थियो। टि–२० नेपालले क्लिनस्विप गरेको थियो भने अमेरिका एसँग पराजित भएको थियो।

नेपाली टिम ः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी । सागर ढकाल र देव खनाल (रिजर्भ)

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]