नेपाल प्रिमियर लिगको टिम सार्वजनिक

31 Aug, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।

क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुने टोलीको नाम सार्वजनिक गरेको हो।

क्यानले पहिलो पटक आफैंले आयोजना गर्न लागेको फ्रेन्जाइत लिगमा एनपिएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन्।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरेको थियो भने टिमको स्वामित्व बिक्रीका लागि सार्वजनिक सूचना पनि निकालिसकेको छ।