नेपाल प्रिमियर लिगमा ८ टिम हुने

29 Aug, 2024

नेपाल क्रिकेट संघ (क्यन)ले आफैं आयोजना गर्न लागेको टि–२० फ्रेन्चाइज क्रिकेट लिग ‘नेपाल प्रियिमर लिग (एनपिएल)मा ८ टिमको सहभागीता रहने भएको छ।

क्यानको बिहीबार बसेको कार्यसमिति बैठकले एनपिएलमा ८ टिम रहने निर्णय गरेको हो।

लिगको सहभागी टिम संख्या टुंगो लागेपनि टिमको नाम भने तय भइसकेको छैन। क्यानले यसअघि नै फ्रेन्चाइज टिमको स्वामित्व किन्नका लागि सूचना आव्हान गरिसकेको छ।

क्यानले यसअघि नै एनपिएलको मिति घोषणा गरिसकेको छ। जसअनुसार लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]