नेपाल र अमेरिकाबीचको टि–२० विश्वकपअघिको वार्मअप खेल रद्द भएको छ। शुक्रबार राति ग्राण्ड प्रेरी रंगशालामा ९ः१५ मा हुनुपर्ने खेल लगातार वर्षा भएपछि खेल रद्द भएको हो।
खेल टस भने भएको थियो। अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। खेल सुरु हुनै लाग्दा वर्षपछि खेल रद्द गरिएको थियो।
नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।
नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ।