अमेरिकाविरुद्ध नेपालको खराब ब्याटिङ, ज्ञानेन्द्र र गुल्सन इनिङ सम्हाल्दै

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध खराब प्रदर्शन गरेको छ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै सय रन नबनाउँदै ४ विकेट गुमाएको छ।

नेपालले २३.३ ओभरमा ८९ रन बनाउँदा ४ विकेट गुमाको छ।

५ रनमै आसिफ सेखलाई गुमाएको नोपलले त्यसपछि लगातार विकेट गुमाएको छ। नेपालका लागि आसिफले ३ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले ४३ बलमा ३६ रन बनाए । विनोद भण्डारीले १० रन बनाउँदा रोहित पौडेल २ रनमा आउट भए ।

तर, पाँचौं विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र डेब्यू खेलाडी गुल्सन झाले नेपाली इनिङ सम्हालेका छन्। ३५ ओभरको खेल सकिँदा यी दुईले पाँचौं विकेटका लागि ३८ रनको साझेदारी गरेका छन्।

गुल्सन ४४ बलमा २२ रन बनाएर खेलिरहेका छन् भने मल्लले ८० बलमा ४४ रनको बनाएका छन्। अमेरिकाका कायल फिलिप्स, कारिम गोरे, इल्मोर हुट्चिन्सन र नोस्थुस केन्जिगले समान १ विकेट लिए।

Facebook Comments Box