क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्दैछ।
तेस्रो खेलमा नेपालले क्यानडासँग खेल्दै छ । खेल किङ सिटीमा नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। त्यसैले नेपाल आज पहिलो खेलको हारको बदला लिने लक्ष्यमा छ। यस्तै, नेपालले दोस्रो खेलमा ओमान ३७ रनको फराकिलो अन्तरले हराएको थियो।
उता ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।
त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ।