नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टि–२० सिरिज आजबाट सुरु हुँदैछ। आईसिसी विश्वकप लिग–२को सिरिज सकिएलगत्तै तीनै टिमबीच त्रिकोणात्मक सिरिज हुन लागेको हो।
त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा आज नेपालले घरेलु टोली क्यानडाको सामाना गर्दै छ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे किङ सिटीमा हुनेछ।
नेपाल लिग–२को सिरिजको खराब प्रदर्शन भुलाउँदै मैदान उत्रनेछ। यता, क्यानडा भने लिग–२को उत्कृष्ट प्रदर्शनलाई टि–२०मा पनि निरन्तरता दिने सोचमा छ।
लिग–२को सिरिजमा नेपाल जितबिहीन बनेको थियो। नेपालले क्यानडासँगका दुवै खेल हारेको थियो भने ओमानसँग एक खेल हार्दा अर्को खेल वर्षाका कारण रद्द भएको थियो। यता, क्यानडाले भने लिग–२का सिरिजको चारै खेल जितेको थियो।
त्रिकोणात्मक सिरिजमा प्रत्येक टिमले समान ४ खेल खेल्नेछन्। नेपालले सिरिजका दोस्रो खेल भोलि नै ओमानसँग खेल्नेछ।
त्यसपछि नेपालले क्यानडासँग अक्टोबर १ र ओमनसँग अक्टोबर २मा खेल्नेछ।