टि-२० विश्वकप ग्लोबल छनोटअघिको अभ्यास खेलमा आयरल्यान्डसँग नेपालको फराकिलो हार

14 Jan, 2026

आईसीसी महिला टि–२० विश्वकप ग्लोबल छनोटअघिको अभ्यास खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाली टिम आयरल्यान्डसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको हो।

आयरल्यान्डले पहिला ब्याटिङ गर्दै दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १०१ रनमै अलआउट भयो। नेपालका लागि कविता जोशीले सर्वाधिक २८, बिन्दु रावलले २५, कप्तान इन्दु बर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा अयाल्यानडका अमी मग्वायर र ओर्लो पेन्डरगास्टले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। उसका कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेल्दा ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रन बनाइन्।

बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए।

नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]