नामिबियाविरुद्ध दबाबमा नेपाल, छैठौं विकेट गुमायो

21 Feb, 2024

आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल लागतार विकेट गुम्मादा दबाबमा आएको छ।

पावर प्लेअमा लागातार २ ओभरमा ३ विकेट गुमाएपछि दबाब परेको नेपाललाई आसिफ सेख र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्र्दै सम्हालेका थिए। तर, आसिफ आउट भएलगत्तै लागतार २ विकेट गुमाएपछि पुनः नेपाल दबाबमा आएको हो।

१००–३को अवस्थामा रहेको नेपाल त्यसपछि लगातार विकेट जाँदा १२४–६को अवस्थामा पुगेको छ। अहिले क्रिजमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी छन्।

नेपालका लागि नेपालका लागि आसिफले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

आसिफले कुशल मल्लासँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमै ३ विकेट मागुएपछि दबाबमा आएको नेपाललाई दबाबबाट निकालेका थिए।

यस्तै, कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले ३ तथा जेरार्ड इरास्मस, ज्याक ब्रेसवेल र इटोनले समान १ विकेट लिए।

ताजा अवस्थामा नेपाल ३० ओभरको समाप्तिमा १३८–६को अवस्थामा छ।