ब्याटिङ नचल्दा नेपाल नामिबियासँग ४ विकेटले पराजित

15 Feb, 2024

आईसिसी लिग–२को सुरुआत नेपालले हारबाट गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ब्याटिङ नचलेपछि नेपाल नामिबियासँग ४ विकेटलले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १३२ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टयो। उसका लागि ज्याक फ्राइलिंक सर्वधिक ३४ रन बनाउँदा जान निकोल लोफटिइ इटोनले ३१ र मिचेल भान लिन्गेनले २३ रनको योगदान दिए।

बलिङमा नेपालका लागि सोमपल कामीले ३ विकेट लिँदा ललित रावंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल माथिल्लो क्रम फ्लप भएपछि ४१.१ ओभरमा १३२ रनमै अलआउट भयो।

माथिल्लो क्रम धरासायी भएपछि नेपाल सस्तैमा समेटिएको हो। नेपाल शीर्ष चार ब्यायट्सम्यालने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। कुशल भुर्तेल इनिङको पहिलो बलमै आउट हुँदा, आरिफ सेख ४, अनिल साह ८, कप्तान रोहितकुमार पौडेल १ रनमा पभेलियन फर्किए।

पावर प्लेमै ४ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। भीमले ८६ बलमा २ चौका १ छक्का प्रहार गरे। यस्तै, गुल्सन झाले १३ बलमा २१ रन बनउँदा पवन सर्राफले १६, कुशल मल्लले १५ र करण केसीले १२ रन बनाए।

नेपाललाई दबाबमा राख्ने क्रममा नामिबियाका कप्तान जेर्हार्ड इरास्मसले ५ विकेट लिए। उलने ८।१ ओभरमा २८ रन मात्र खर्चिए। यस्तै, रुबेन त्रुम्पेलमन र ज्याक ब्रेसवेलले समान २ विकेट लिए।