आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेपछि नेदरल्यान्ड्सको इनिङ धरासायी बनेको छ।
कुशलले नेदलरल्यान्ड्सका कप्तान स्कट इडवार्डसलाई एलबिडब्लु धरापमा पार्दौ नेपाललाई नवौं सफलता दिलाए। उनले ४९ बलमा ३३ रन बनाए।
इडवार्डस आउट भएसँगै नेपाललाई नेदरल्यान्ड्स ठूलो दबाबमा पारेको छ। ताज अवस्थामा ३६ ओभरको समाप्तिमा नेदरल्यान्ड्स १२८–९को दयनीयन अवस्थामा छ।
नेदरल्यान्ड्सलाई दबाबमा राख्ने क्रममा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। यस्तै, ललित राजवंशीले २ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल र समोपाल कामीले पनि समान १ विकेट लिए। नेपालले २ रनआउट गरेको थियो।
नेदरल्यान्डसका इडवार्डसले सर्वाधिक ३३ रन बनाए। यस्तै, बास डे लिडले सर्वाधिक २७ र सेब्रान्ड इन्गेलब्रेचले २३ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।