नेपालले सोमबार राति आफ्नो १००औं टि–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० अन्तर्गगत हिजो राति भएको नेदल्यान्ड्सबीचको खेल नेपालको १००औं देल थियो। १००औं खेल नेपालले जित्न नसकेपनि ऐतिहासिक बन्यो।
निर्धारित ओभरमा दुवै टिमले समान १५२ रन बाएपछि खेल सुपर ओभरमा गएको थियो। त्यसपछि तीन सुपर ओभर खेलेपछि मात्र खेलको निर्णय भएको थियो। टि–२० आईमा तीन सुपर ओभर भएको यो पहिलो खेल हो। लिस्ट एमा समेत अहिलेसम्म तीन सुपर ओभर भएको थिएन।
पहिलो सुपर ओभरमा नेपालले पहिा ब्याटिङ गर्दै १९ रन बनायो। जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन बनाउको थियो। दोस्रो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनायो, जवाफमा नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रो सुपर ओभरमा गएको थियो।
तर, तेस्रो सुपर ओभर भने नेपालका लागि निकै खराब रह्यो। जसमा नेपालले कुनै रन नै बनाउन सकेन। रोहित पौडेल पहिलो बलमै आउट भए भने डेब्यू खेलाडी रुपेशसिंह तीन बल खेलेर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरीले भने बल नै खेल्न पाएनन। १ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो।
त्यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो।
कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए। डेब्यू खेलाडी किरण ठगुन्नाले २५ बलमा १४ र रुपेश सिंहले १४ बलमा १९ रन बनाएका थिए।
अन्तिम ओभभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा नन्दन र सन्दीपले १५ र बनाउँदै खेललाई सुपर ओभरमा लगेका थिए। नन्दनले ४ बलमा १२ रन बनाएका थिए। बलिङमा नेदरल्यान्ड्सका डानियल डोरामले ३ तथा विक्रमजित सिंहले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायाे।
उसका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउँदा ए भने विक्रमजित सिंहले ३०, साकिब जुलफिकरले २४, माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए।
नेदरल्यान्ड्सलाई मध्यम लक्ष्यमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। यस्तै, नन्दन यादवले २.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।
