
नेपालको उत्कृष्ट बलिङ, ओमानलाई दबाबमा राख्न सफल
Read Time:1 Minute
टि–२० विश्वकपको ग्लोबल छनोटको पहिलो ओमानविरुद्ध खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने उतकृष्ट प्रदर्शन गरेको छ। ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ६ विकेट लिँदै ओमानलाई दबाबमा राखेको छ।
८ ओभरको समाप्तिमा ३५ रन बनाउँदा ओमानले ६ विकेट गुमाएको छ। ओमान कुनैपनि ब्याट्सम्यनले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन। अब भने नेपाल खेलमा फर्किएको छ। जितको आशा जगाएको छ।
नेपालका लागि कमलसिंह ऐरी, जितेन्द्र मुखिया, सन्दीप लामिछाने, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका छन् । कसिलो बलिङ गरेका जितेन्द्रले ३ ओभरमा २ रन खर्चिएका छन् भने सन्दीपले २ ओभरमा ३ रन मात्र खर्चिए।