स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ, सय रन नबनाउँदै ७ विकेट गुमायो

Read Time:1 Minute

विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो नेपालले खराब ब्याटिङ गरेको छ। विन्डहोकमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले स्कटल्यान्डविरुद्ध सय रन नबनाउँदै महत्वपूर्ण ७ विकेट गुमाएको छ।

नेपालले छैठौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउँदै ८६ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २५ रन बनाउँदा अर्जुन साउदले १८, रोहितले १७ र आरिफ सेखले १० रन बनाए।

यस्तै, दीपेन्द्रसिंह ऐरी ९, ओपनर आसिफ सेख ७ रनमा आउट हुँदा मध्यक्रममा आएका कुशल भुर्तेल गोल्डेन डकआउट भए ।

नेपालको इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। यस्तै, ब्रेन्डन म्याकमुलेन र मार्क वाटले समान १ विकेट लिए।

अहिले क्रिजमा करण केसी र गुल्सन झा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोल्यान्ड डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग भिँड्दै, रोक्न सक्ला एम्बाप्पेलाई ?
Next post नेपालको खराब ब्याटिङ, स्कटल्यान्डलाई दियो १३८ रनको झिनो लक्ष्य
Close