यू-१९ महिला विश्वकपमा चलेन नेपालको ब्याटिङ, मध्य र तल्लोक्रम नचल्दा ७३ रनमै अलआउट

20 Jan, 2025

मलेसिया जारी यू–१९ महिला टि–२० विश्वकपको दोस्रो खेलमा पनि नेपालले खराब ब्याटिङ गरेको छ।

मलेसियास्थित बांगीमा स्टल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालको मध्य र तल्लो क्रम कोल्याप्स भएपछि नेपालले ७४ रनको मध्यम लक्ष्य दिएको छ। नेपाल १८.५ ओभरमा अलआउट भयो

नेपालले उत्कृष्ट सुरुआत गरेको थियो। नेपालले पावर प्लेमा २ विकेटको क्षतिमा ३२ रन बनाएको थियो। त्यसपछि नेपाल १२ ओभरमा ५२–४को बलियो अवस्थामा थियो। तर, त्यसपछि थप २१ रन जोड्दा नेपालले ६ विकेट गुमाएको थियो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। यस्तै, सावित्री धामीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। उनी जारी प्रतियोगितामा ‘फाइपर’ लिने पहिलो बलर बनेकी छिन्। यस्तै, नायमा सेइख र अमी बाल्डीले समान २ विकेट लिए।