आईसिसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक सिरिजका पहिलो नेपाललार्इृ स्कटल्यान्डलाई २९७ रनले चुनौतीपूर्ण लक्ष्य दिएको छ।
डुन्डीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनायो। उसका लागि चार्ली टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ८० रन बनाए।
यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रनको महत्वपूर्ण योगदान दिए।
बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।
लिग २ मा स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ। १२ खेल खेलेको नेपाल ६ अंकसहित पूछारमा छ।