
विश्वकप लिग–२मा स्कटल्यान्डसँग खेल्दै नेपाल
आफ्नो एकदिवसीय स्टाटस बचाउन संघर्ष गरिएको नेपालले आज विश्वकप लिग–२मा आज स्कटल्यान्डसँग खेल्दै छ। नामिबियामा जारी नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र स्कल्यान्डबीचको खेल पौने २ बजे विन्डहोकमा हुनेछ।
स्कटल्यान्डविरुद्ध मैदानम उत्रँदा नेपाल नामिबियामा पहिलो जितको खोजीमा हुनेछ। यता, स्कटल्यान्ड लागतार दोस्रो जित निकाल्ने दाउमा छन्। पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई हराउँदा नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवै टिमले अंक बाँडेका थिए।
एकदिपसीय विश्वकप छनोट र ओडिआई मान्यता जोगाउन विश्वकप लिग–२का बाँकी खेल नेपालका लागि निकै महत्वपूर्ण छन्। लिग–२मा नेपालले २१ खेलमा १७ अंक मात्र जोड्न सकेको छ।
स्कटल्यान्डविरुद्ध जित निकाल्न नेपालले ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ। नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्लले उत्कृष्ट खेलेपनि अन्य ब्याट्सम्यान नचल्दा नेपाल १९७ रनमै अलआउट भएको थियो। मुख्य प्रशिक्षक मनोज प्रभाकर स्कटल्यान्डविरुद्ध प्लेइङ सेटमा केही परिवर्तन गर्न सक्नेछन्।
नेपाल २० खेलबाट १८ अंकमात्र जोडेर छैटौं स्थानमा छ । १५ मध्ये १० खेलमा विजय हात पारेमा नेपाल कम्तीमा शीर्ष ५ भित्र पर्ने सम्भावना रहन्छ । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३५, नामिबिया ३३, यूएई २७ अंकसाथ क्रमशस् तेस्रोदेखि पाँचौं स्थानमा छन् ।
जुलाईमा स्कटल्यान्डलाई उसैको भूमिमा नेपालले १ सय ४४ रनमा अलआउट गरी ५ विकेटको विजय हात पारेको थियो । स्कटल्यान्डमाथि कुनै पनि संरचनामा नेपालको त्यो पहिलो विजय थियो । त्यसको चार दिनपछि अर्को खेलमा स्कटल्यान्डले नेपालमाथि ८ विकेटको विजय हात पारेको थियो ।
देव्रेहातेद्वय ललित र सागर ढकाल नेपाली टोलीका नियमित स्पिनर हुन् । ज्ञानेन्द्र मल्ल लयमा आउनु नेपाली ब्याटिङमा ठूलो राहत बनेको छ ।
नेपालको प्रमुख चिन्ता पुनः दीपेन्द्रसिंह ऐरीको ब्याटिङमा छ । नामिबियासँग पहिलो बलमै आउट भएका उनले लिग २ का १७ खेलमा एउटै अर्धशतक बनाउन सकेका छैनन् । लिग २ मा उनको औसत पनि १० मुनि छ । कप्तानी जिम्मेवारी पाएयता रोहित पौडेलको ब्याटिङ पनि खुल्न सकेको छैन ।