लिग २ मा नेपालले स्कटल्याण्डसँग खेल्दै, नेपालले निकाल्ला दोस्रो जित?

4 Nov, 2024
Share:
117 Shares

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।

खेल सोमबार राति १०ः१५ मा अमेरिकाको डालासस्थित ग्रान्ड पेरी क्रिकेट मैदान सुरु हुनेछ।

नेपाल यो सिरिजमा दोस्रो जितको खोजीमा छ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ भने एक खेलमा जित निकालेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो। हुनपुग्यो।

यसअघिको पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाले नेपाल केही उत्साति छ भने अमेरिकासँगको लगातार हारले केही निराश पनि छ।

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ। अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ। लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।