घरेलु मैदानमा आजबाट सुरु भएको टि-२० विश्वकपको छनोटमा नेपालले सिंगापुरवरूद्ध उत्कृष्ट सुरुआत गरेको छ।
गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिएपछि नेपालले ११ ओभरभित्रै सिंगापुरको ५ विकेट लिएको छ। ११ ओभरको समाप्तिमा सिंगापुरले ७५ रन बनाउँदा ५ विकेट बनाएको छ।
सिंगापुरका लागि रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्।
करण केसीले इनिङको दोस्रो बलमै कप्तान आर्यन दत्तलाई आसिफ सेखबाट क्याच आउट गराउँदै नेपालालाई सफलता दिाएका थिए। त्यसपछि सातौं ओभरका पाँचौं बलमा सन्दीपले सुरेन्द्रन चन्द्रमोहनलाई बोल्न गरेका थिए।
त्यसपछि आठौं ओभरको पहिलो र पाँचौं बलमा गुल्सन झाले रंगराजन र अमार्त्य कौललाई आउट गरेका थिए। त्यसपछि ११औं ओभरको दोस्रो बलमा सन्दीपले जनक प्रकाशलाई एलबिडब्लु आउट गरेका थिए।