जारी टि–२० विश्वकपमा नेपालले भोलि बिहान तेस्रो खेल खेल्दैछ। शनिबार बिहान ५ः१५मा सेन्ट भिसेन्टस्थित किंग्सटाउन मैदानमा हुने खेलमा नेपालले बलियो दक्षिण अफ्रिकाको सामाना गर्ने छ।
लगातार तीन खेल जित्दै समूह डीबाट सुपर ८मा पुगिसकेकाले नेपालविरुद्ध मैदान उत्रँदा दक्षिण अफ्रिका दबाबमूक्त हुनेछ। यता, २ खेलमा १ अंक मात्र जोडेको नेपाललाई सुपर ८को सम्भावना जिवितै राख्न जित्नै पर्ने बाध्यता छ। हारले नेपाल १ खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिनेछ।
टि–२० अन्तर्राष्ट्रियमा नेपाल र दक्षिण अफ्रिका पहिलो पटक खेल्न लागेका हुन्। यसअघि नै सुपर ८ पुगिसकेकाले दक्षिण अफ्रिकाले आफ्ना मुख्य खेलाडीहरुलाई आराम दिन सक्नेछ।
नेपाली टिमले प्लेइस सेटमा परिवर्तन गर्नेछ। नेपालले दक्षिण अफ्रिकाविरुद्ध वेस्टइन्डिजको कन्डिसन बुझेका सन्दीप लामिछानेलाई खेलाउने छ, तर को प्लेइङ–११बाट बाहिरने छन् भन्ने टुंगो लागेको छैन। त्यो प्रशिक्षक र कप्तानले पिचको कन्डिनसन अनुसार निर्णय गर्नेछ।
अमेरिकाले भीसा नदिँदा सुरुआती २ खेल गुमाएका सन्दीपको आगमनले नेपाली टिमको बलिङ मजबुत बनेको छ। कप्तान रोहितकुमार पौडेलले पनि सन्दीप आएपछि टिम बलियो भएको बताएका छन्।
रोहितले आफ्नो स्ट्रेन्थअुनसार क्रिकेट खेल्ने हो भने दक्षिण अफ्रिकालाई हराउन सकिने बताएका छन्। खेलका आफूहरु तयार रहेको बताएका छन्।
रोहितले सेन्ट भिसेन्टमा पनि समर्थकहरुको साथ पाउने विश्वास व्यक्त गरे। विभिन्ने देशबाट नेपाली समर्थकहरु सेन्ट भिसेन्ट पुगेका छन्।
फ्लाेरिडामा भारी वर्षापछि नेपाली टिम सेन्ट भिसेन्ट पुग्न ढिला भएको थियो। नेपालले आजमात्र केही समय अभ्यास गरेको थियो।