दीपेन्द्रले अलरान्डर प्रदर्शन गरेपछि दोस्रो अभ्यास खेलमा नेपाल विजयी

26 Aug, 2025

नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) विरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ।

मंगलबार दिउँसो भएको खेलमा दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नोपलले एसिटीलाई ६ विकेटले हरायो। यसअघि आजै भएको पहिलो खेल नेपालले ४१ रनले जितेको थियो।

एसिटीले दिएको ९७ रनको झिनो लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टयो। २५ रनमै ३ विकेट गुमाएको नेपालका लागि १ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रन बनाए भने गुल्सन झाले २३ रन बनाए। बलिङमा एसिटीका इ रहेमानले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा ९६ रनमै अलआउट भयो। उसका लािग एन ब्रोसले सर्वाधिक १६ रन तथा केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले।

एसिटीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र खर्चिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]