पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ।
नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो।
उसका लागि ज्याक स्मिथले ५० रन बनाउँदा के ब्रुनकरले २७ र केओगले २५ रनको योगदान दिए।
बलिङ नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि आसिफ सेखले ३९ बलमा ४ चौका र ५ छक्का माद्दतमा ६९ रन बनाउँदा रोहित पौडेलले २८ बलमा ३६, आरिफ सेखले १८ बलमा २४, दीपेन्द्रसिंह ऐरीे १५ बलमा २१ रन बनाए।
