विश्वकप छनोट खेल्न नेपाली टिम ओमान प्रस्थान

Read Time:2 Minute

टि–२० विश्वकपको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार साँझ ओमान प्रस्थान गरेको छ। १७ सदस्यीय नेपाली टोली साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान प्रस्थान गरेको क्यानले जनाएको छ ।

यसअघि क्यानले ओमान भ्रमणका लागि १६ सदस्यीय टिम घोषणा गरेको थियो । तर, ओमान भ्रमणमा जाने दिन नै प्रशिक्षक पुबुदु दासानायकेले टिममा स्पिनर सागर ढकाललाई पनि बोलाएका छन्।

टि–२० विश्वकपको ग्लोबल क्यालिफायर फेब्रुअरी १८ देखि २४ तारिखसम्म ओमानमा हुनेछ । जहाँ नेपालले समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ । छनोटमा नेपालले फागुन ६ मा ओमान, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ।

ग्लोबल क्लालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग टि–२० सिरिज खेल्ने छ। सिरिज माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ।

नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ। सिरिजका सबै खेलले टि–२० अन्तर्राष्ट्रियको मान्यता पाउने छ।

नेपाली टिम स् सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, शाहब आलम, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम र सागर ढकाल।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कातारबाट आज साँझ नेपाल आउँदै सावित्रा
Next post ए डिभिजन लिगको १०औं चरणका खेल शुक्रबारबाट
Close