विश्वकप लिग–२का लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, को–को परे टिममा?

4 Aug, 2024
Share:
117 Shares

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

क्यानले अघिल्लो महिना टि–२० विश्वकप खेलेका २ खेलाडीलाई बाहिरा राख्दै बन्द प्रशिक्षणका लागि टिम घोषणा गरेको हो। विश्वकप खेलेका दुई फास्टबलर अविनाश बोहरा र प्रतिश जिसी टिममा अटाउन सकेनन्।

क्यानले विश्वकपको टिममा नरहेका देव खनाल, रिजन ढकाल, भीम सार्की, आरिफ शेख, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउदलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडा हुने क्यानडा र ओमानसँग सिरिज खेल्दैछ। यो नेपालको लिग २ को दोस्रो सिरिज हो।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा।