आसन्न आईसिसी विश्वकप लिग–२ को दोस्रो सिरिजको तयारीका लागि नेपाली क्रिकेट टिमले भारतमा प्रस्ताथ गरेको छ।
नेपाली टिममले सेप्टेम्बर तेस्रो साताबाट सुरु हुने मा क्यानडा र ओमानको त्रिकोणात्मक सिरिजका लागि बैंग्लोरमा २ साता प्रशिक्षण गर्ने छ। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा प्रशिक्षण गर्ने छ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएका २२ मध्ये १८ खेलाडी आज भारत प्रस्थान गरेका हुन्। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेल क्यानडामै रहेकाले उनीहरू टिमसँग भारतमा हुनेछैनन्। उनीहरु क्यानडामै टिमसँग ज्वाइन हुनेछन्। गुल्सन झा भारतमै छन्, उनी उतैबाट टिममा सामेल हुनेछन्।
नेपाली टिमले मुख्य प्रशिक्षक मोन्टी देसाई पनि भारतमै नेपाली टिमसँग ज्वानइन हुने छन्। उनी टि–२० विश्वकपपछि बिदामा थिए।
लिग–२ को सिरिजमा नेपालले सेप्टेम्बर १८ र २६ सेप्टेम्बरमा क्यानडासँग खेल्ने छ भने २० र २४ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपालले यी दुई टिमसँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ।
त्यसपछि नेपाली टिम उतैबाट लिग–२को तेस्रो सिरिज खेल्ने अमेरिका प्रस्थान गर्ने छ। त्यहाँ नेपालले घरेलु टोली अमेरिका र स्कटल्यान्डसँग सिरिज खेल्नेछ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा।