क्यानले एकदिवसी र टि–२० सिरिज आयोजना गर्ने

Read Time:1 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी–२० सिरिज आयोजना गर्ने भएको छ। क्यानले टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीसँग एकदिवसीय तथा मलेसिया र पपुवा न्यु गिनीसँग टि–२० सिरिज आयोजना गर्न भएको हो।

नेपालले पपुवा न्यू गिनीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ। टियु क्रिकेट मैदानमा हुने सिरिज मार्च २५ र २६ मा हुनेछ। यस्तै, नेपालले टियुमै नेपाल, मलेसिया र पपुवा न्यू गिनीबीच त्रिकोणात्क टी२०आई सिरिज खेल्नेछ। त्रिकोणात्क टी२०आई सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुने क्यानले जनाएको छ।

क्यानले घरेलु मैदानमा यसअघि गतवर्ष वैशाखमा मलेसिया र नेदरल्यान्ड्सँग टी२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो। उक्त सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिगा : बार्सिलोना र एट्लेटिको विजयी
Next post श्रीलंकन टिमविरुद्ध नेपालको सहज जित
Close