श्रीलंका नेपाली क्रिकेट टिमको लगातार दोस्रो जित, चम्किए पवन सर्राफ

Read Time:2 Minute

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले जित हात पारेको छ। श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा नेभीलाई ८१ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो।

नेपालले दिएको गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेभी ३०।५ ओभरमा १ सय १५ रनमा अल आउट भयो। नेपालका लागि पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १र१ विकेट लिए।

त्यसअघि नेपालले ४३.४ ओभरमा अल आउट हुँदै १ सय ९६ रन बनाएको थियो। नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको थियो। नेपालका दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले।

ऐरीले सर्वाधिक ६३ रन जोड्दा भिम शार्कीले २८, विवेक यादवले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे।

यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले अर्को सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ को तयारीको लागि चार अभ्यास खेल खेल्ने कार्यक्रम छ।

अब तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ। श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एभर्टनमाथि टोटनहमको सानदार जित
Next post नेपालले चैतमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने
Close