टियू मैदानमा हुने सिरिजका लागि टिम घोषणा, देव खनाल र आदिल अन्सारी पहिलो टिममा

Read Time:2 मिनेट

आगामी साता टियू क्रिकेट मैदानमा हुने एकदिवसीय र टि–२० सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ।

पपुवा न्युगिनीसँगको एकदिवसीय तथा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले छुट्टा छुट्टै टिम घोषणा गरेको हो।

टिममा यू–१९ टिमका कप्तान देव खनाल र आदिल अन्सारीले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन्। यस्तै, दिलिप नाथ र अनिल साहले पनि टिममा पुनरागमन गरेका छन् । यता, अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी भने टिमा आटाउन सकेनन् ।

क्यानले घोषणा गरेको टिममा दुवै सिरिजमा ७ खेलाडी परेका छन् । जसमा कप्तान सन्दीप लामिछानेसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी छन्।

अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की एकदिवसीय टिममा मात्र सामवेश छन्।

यस्तै आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र अदील अन्सारी टी(२० टिममा मात्र छन्।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। खेल चैत ११ र १२ गते टियू मैदानमा हुने छ । यस्तै, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिकोणात्मक सिरिज चैत १४ देखि २१ सम्म हुने छ।

एकदिवसीय टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल,भीम सार्की, पवन सर्राफ, देव खनाल, गुल्शन झा ।

टि–२० टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, सागर ढकाल, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी
Next post इटाली र अर्जेन्टिनाले वेम्बलीमा खेल्ने
Close