नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज जुन ९बाट, पहिलाे खेल ओमानसँग

Read Time:1 मिनेट

एकदिवसीय विश्वकपको छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको सिरिज जुन ९बाट सुरु हुने भएको छ। आईसिसीले नेपाल, ओमान र अमेरिका त्रिकोणात्मक सिरिजका जुन ९बाट सुरु हुनेगरी तालिका सर्वाजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ। ओमान र नेपालबीचको खेल जुन ९ तारिखमा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा खेल्ने छ। जुन १४ मा फेरि नेपालले ओमानसँग भने जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ। लिग २ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।

लिग-२ को अंक तालिकामा ओमान ३२ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्कटल्यान्डको १६ खेलबाट २४ अंक छ। तेस्रो स्थानमा रहेको युएईको १८ खेलबाट २२ अंक छ।

नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको २० खेलबाट २ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सात गोल भएको खेलमा रियलमाथि सिटीको जित
Next post राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरु
Close