स्कटल्यानडमा हुने विश्वकप लिग–२ को सिरिजको तयारी नेपाली टिमले इंग्ल्यान्डमा गर्ने

2 May, 2025

स्टकल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तयारी नेपाली टिमले इंग्ल्यान्डमा गर्ने भएको छ।

करिब २ साता युकेमा रहँदा नेपालले एमसिसी र त्यहाँको स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाली टिमले मे १६मा कार्डिफ युनी, १९मा एमसिसी, २२ मा ग्लाउसेस्टरशायर र ग्लामोर्गनसँग २६ मेमा खेल्ने छ। त्यहाँ नेपाली टिमले अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा पनि सहभागीता जनाउने छ।

त्यसपछि स्टल्यान्ड जाने नेपाली टिमले त्यहाँ पनि स्टकल्यान्डको ए टिमसँग दुई अभ्यास खेल खेल्ने छ। खेल २९ र ३१ मेमा हुनेछ।

त्यसपछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्डसँग टि–२० सिरिज खेल्ने छ। यो सिरिज जुन १५ देखि २० सम्म हुनेछ। त्यसपछि लिग–२को त्रिकोणात्मक सिरिज हुनेछ।

अहिले नेपाली टिम मुलपानी क्रिकेट मैदानमा नवनियुक्त प्रशिक्षक स्टुआर्ट लको निगरानीमा अभ्यास गरिरहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]