विश्वकप लिग २को तयारीका लागि इंग्ल्यान्डन पुगेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा विजयी भएको छ। शुक्रबार राति भएको खेलमा उसले इंग्ल्यान्डको स्थानीय क्लब न्यु पोर्ट लाई ३ विकेटले हरायो।
न्यू पोर्टले दिएको २१३ रनको मध्यम लक्ष्य लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई जित दिलाउन आरिफ सेख र गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे। यी दुईले सातौं विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए।
नेपालको सुरुआत भने निकै खराब रहेको थियो। नेपाल १८–५ को निकै खराब अवस्थामा थियो। गुलशन झाले सर्वाधिक ८० रन बनाउँदा आरिफ शेखले अविजित रहँदै ७३ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कार्डिफले अलआउट हुँदै २१२ रन बनाएको थियो । कार्डिफका लागि ओपनर विल ट्रिपकोलीले शतकीय पारी खेल्दै सर्वाधिक ११८ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए। यस्तै रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामीले समान १ विकेट लिए ।
नेपालले युकेमा थप ३ टोलीसँग अभ्यास खेल खेल्ने तय छ।
