युकेमा एकैदिन नेपालको खेल्यो २ अभ्यास खेल, दुवैमा ग्लोसेस्टरशायरमाथि नेपालको जित

23 May, 2025

आईसिसी विश्वकप लिग २ र त्रिकोणात्मक टि २० सिरिजको तयारीका लागि यूकेमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार नै २ टि२० अभ्यास खेल खेलेको छ। स्थानीय ग्लोसेस्टरशायर क्बलसँगको दुवै खेलमा नेपाल सहज रुपमा विजयी भएको छ।

युकेमा नेपालका यो लगातार चौथो जित हो। यअसघिका ५० ओभरका २ अभ्यास खेलमा पनि नेपाल विजयी भएको थियो।

नेपालले पहिलो खेलमा ग्लोसेस्टरशायरलाई ७३ रनले हराया्े । नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा अलआउट भयो।

उसका जेम्स मात्राभर्सले सर्वाधिक ३७ रन बनाए । नेपालका नन्दन यादव, सन्दीप लामिछाने र बसिर अहमदले समान २ विकेट ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । ३० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै रोहित पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाए भने आरिफ शेख ९ बलमा नटआउट २२ रन बनाए। ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले समान २ विकेट लिए।

यस्तै, दोस्रो खेलमा नेपाल दास्रो खेलमा ५ विकेटले विजयी भयो। ग्लोसेस्टरशायरले दिएको १६९ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४.२ ओभरमा भेट्टायो । नेपाललाई सानदार जित दिलाउने क्रममा आसिफ सेखले ४२ बलमा नटआउट ८४ रन बनाउँदा आरिफ सेखले ३० रन बनाए।

ग्लोसेस्टरशायरले ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। उसका डिजे अहमदले २९ बलमा ५२ रनको उत्कृष्ट इनिङ खेलेका थिए। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]