नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा थप ५ अभ्यास खेल खेल्ने

14 Aug, 2025

अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम टप इन्ड टि–२९ सिरिज खेल्ने अस्ट्रेलिया पुगेको छ। सिरिज आजबाट डार्विनमा सुरू हुँदैछ।

यो सिरिज लगत्तै नेपाली टिमले थप ५ अभ्यास खेल खेल्ने भएको छ।

टि–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टिममले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। जसमा ४ टि–२० र एक एकदिवसीय खेल हुनेछ।

नेपालको टि–२० खेल २६ र २८ अगस्तमा हुने छ। २६ अगस्तमा नेपालले एकैदिन एसिटीसँग दुई खेल र २८ अगस्तमा साउथ अस्ट्रेलियासँग २ खेल खेल्ने छ।

क्यानका अनुसार नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]