दोस्रो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित

28 Aug, 2025

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम आज भएको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। बिहीबार भएको दोस्रो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ रनको झिनो अन्तरले पराजित भयो।

पहिला ब्याटिङ गर्दै साउदथ अस्ट्रेलियाले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले इनिङको अन्तिम बलमा १५७ रनमै अलआउट भयो। टप र मिडल अर्डरमा भीम सार्कीबाहेक अन्य ब्याट्सम्यान नचल्दा नेपाल पराजित भयो।

भीमले २६ बलमा २९ रन बनाउँदा माथिल्थो क्रमका अन्य ब्याट्सम्यान सस्तैमा समेटिए। तर, लोअर मिडलअर्डरमा लोकेश बम र रुपेश सिंहले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित नजिक लगेका थिए। रुपेशले १९ बलमा ४ चौका र २ छक्का मद्दतमा ३७ रन बनाँदा लोकेशले २६ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रन बनाए।

बलिङमा साउथ अस्ट्रेलियाका क्याम्पबेल थमसनले ४ ओभरमा १३ रन मात्र खर्चेर ४ विकेट लिए भने टम मेन्जिस, टिम ओक्ली र नोह म्याकफदेनले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १६० रन बनायो। उसका रायन किङले १९ बलमा ३४ रन बनाउँदा ड्यानिअल ड्रयू र ह्यारी मानेन्टीले समान २९ रन बनाए।

बलिङमा नेपालका करण केसीले ३ तथा साहब आलमले २ विकेट लिए।

यसअघि आजै भएको पहिलो खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएइको थियो।

अब नेपालले शनिबार साउथ अस्ट्रेलियासँए एकदिवसीय खेल खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]