वेस्टइन्डिज विरुद्धको टि-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिमको बिदाई, भोलि युएई जाने

18 Sep, 2025

काठमाडौं, असाेज २ युएईमा हुने वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टि–२० सिजिका लागि नेपाली टिमको बिदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहबिार अपरान्ह कीर्तिपुरस्थित टियू मैदानमा एक कार्यक्रम गर्दै नेपाली टिमलाई बिदाई गरेको हो।

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरे।

नेपालले टि–२० विश्वकपको छनोटको तयारीका लागि वेस्टइन्डिजसँग सिरिज खेल्ने लागेको हो। सिरिजको पहिलो खेल २७ सेप्टेम्बर, स्रो खेल २९ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ।

नेपाली टिमलाई विदाई गर्दै सचिव खड्काले राम्रो प्रदर्शन गर्न र त्यसपछि हुने विश्वकप छनोटमा पनि सोही लय कायम राखी विश्वकपमा छनोट भएर आउन शुभकामना दिए।

कार्यक्रममा कप्तान रोहित पौडेलले यो ऐतिहासिक सिरिज खेल्नका लागि पुरै टिम नै उत्साहित रहेको बताए। उनले सिरिजमा राम्रो प्रदर्शन गर्ने र विश्वकपमा छनोट पनि भएर फर्कने प्रतिबद्धता व्यक्त गरे।

प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेका छन्। टिममा मोहम्मद आदिल आलम र सन्दीप जोराले पनि स्थान बनाएका छन्। नेपाली टिम भोलि युएई प्रस्थान गर्ने छन्।

वेस्ट इन्डिजविरुद्धको सिरिज लगत्तै नेपाली टिम उत्तैबाट टि–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको रिजनल छनोट खेल्ने ओमान प्रस्थान गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]