युएईले दिएन नेपाली क्रिकेट टिमलाई भीसा, शुक्रबार नै जानुपर्ने नेपाली टिम रोकियो

20 Sep, 2025

नेपाली क्रिकेट टिमले अर्को साता युएईमा वेस्टइन्डिजसँग ऐतिहासिक टि–२० सिरिज खेल्दैछ।

सेप्टेम्बर २७बाट सुरु हुने सिरिजका लागि नेपाली क्रिकेट टिम आजै युएई प्रस्तान गर्ने तालिका थियो। तर, युएईले भिसा नदिएपनि नेपाली टिम आज त्यसतर्फ जाने पाएन।

जेनजी प्रदर्शनका कारण नेपालमा देखिएको पछिल्लो अवस्थाका कारण युएईले नेपालीलाई भीसा दिन रोकेको छ। सोही कारण क्रिकेटरलाई पनि भिसा दिन युएईले ढिलाई गरेको हो।

शुक्रबार नै युएई जाने तालिका भएपनि शुक्रबार रातिसम्म पनि क्रिकेटरको भिसा नआएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। प्रयास भइरहेको र भिसा आउने वित्तिकै नेपाली टिम युएई जाने क्यानले जनाएको छ।

नेपालले पहिलो पटक आईसिसीको पूर्ण सदस्यसँग सिरिज खेल्ने लागेको हो। त्यसैले यो सिरिज नेपालका लागि ऐतिहासिक र खास छ। अझ टि–२० विशवकप छनोटकै मुखमा हुने भएका लागि नेपालका लागि सिरिल महत्वपूर्ण र फलदायी हुन सक्छ।

तीन खेलको सिरिजको पहिलो खेल सेप्टेम्बर २७मा दोस्रो २९ र तेस्रो ३० सेप्टेबरमा सारजहामा हुनेछ।

नेपाली टिम यो सिरिज खेलिसकेर उतैबाट विश्वकप छनोट खेल्न ओमान जाने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]