गुल्सन र कुशलको सानदार प्रदर्शनमा ओमानमाथि नेपालको शानदार जित, सुपर सिक्सको शीर्ष स्थनमा

16 Oct, 2025

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले लगातार तेस्रो जित निकालेको छ।

बुधबार राति भएको खेलमा कुशल भुर्तेल ब्याटमा र गुल्सन झा बलिङमा चम्किएपछि नेपालले ओमानमाति ३८ रनले सादार जित निकाल्यो। यो जितसँगै नेपाल विश्वकप छनोटको सुपर सिक्सको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालको कुल ८ अंक भएको छ। ६ अंकसहित ओमान दोस्रो स्थानमा छ। दुवै टिम नेपाल र ओमानबीचको खेलअघि नै विश्वकपमा पुगेको छ। सुपर सिक्समा युएईले सामोआलाई हराएपछि दुवै टिम २ खेल बाँकी छँदै विश्वकपमा पुगेका थिए।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो। उसका लागि विनायक सुक्लाले ३२ र मोहम्मद नदीमले २५ रन बनाए। अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि गुल्शन झाले ४ ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए। त्यस्तै सोम्पाल कामी र नन्दन यादवले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए। उनले ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रन बनायो। विश्वकप छनोटमा उनको यो दोस्रो अर्धशतक हो।

यस्तै, अर्का ओपनर आसिफ शेख २४ रन बनाउँदा गुल्शन झाले १८, मोहम्मद आदिल आलमले १६ रन बनाए।

अब नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआसँग खेल्ने छ। यो खेल जितेमा नेपालले विश्वकप छनोटको उपाधि जित्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]