विश्वकप लिग २ का लागि टिम घोषणा, विश्वकप छनोटको टिमबाट आदिल, लेकेश र जोरा बाहिरिए, भीम र अनिल फर्किए

18 Oct, 2025

अमेरिका र युएईसँग हुने आईसिसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको घोषणा गरेको छ।

युएईमा हुने सिरिजका लागि क्यान शनिबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले भर्खरै वेस्टइन्डिजविरुद्धको सिरिज र टि २० विश्वकप छनोट खेलेको नेपाली टिममा ३ परिवर्तन गरेको छ। विशवकप छनोट खेलेको टिमबाट अलराउन्डर आदिल आमल, ब्याटर सन्दीप जोरा र लोकेशबम बाहिरिँदा ओपनर अनिल साह र ब्याटर भीम सार्की टिममा फर्किएका छन्।

अलिन नेपालको स्कटल्यान्ड भ्रमणका क्रममा घाइते पछि टिमबाहिर थिए भने भीम नेपालको एकदिवसीय टिमका नियमित सदस्य हुन्।

अपराजित रहँदै विश्वकप छनोटका उपाधि जित्दै विश्वकपमा स्थान बनाएको नेपाली टिम त्रिकोणात्मक सिरिजका लागि ओमानरबाटै युएई पुगिसेकेका छ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ।

नेपाली टिम ः आसिफ सेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ सेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछने, नन्दन यादव, ललित राजवंशी, साहब आलम।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]