बलिङमा शेर र ब्याटिङमा कुशल चम्किँदमा श्रीलंकामा नेपालको पहिलो जित

24 Jan, 2026

टि–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टि–२० खेल जितेको छ ।

शेर मल्ल बलिङमा र कुशल भुर्तेल ब्याटिङमा चम्किएपछि शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हरायो। यसअघिका दुई खेल जित्दै श्रीलंका एले सिरिज भने जितसकेको थियो।

श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए। आरिफ शेखले अविजित २४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो। चमिका करुणारत्‍नेले सर्वाधिक ३८ रन बनाइ । निरोशन डिक्‍वेलाले ३३ रन बनाए।

नेपालका लागि शेर मल्लले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १(१ विकेट लिए ।

अब नेपाली टोली अब भारत जानेछ। भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि दुई अभ्यास खेल खेल्ने तालिका छ।

टि–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले सबैखेद मुम्बईमा वानखेडेमा खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]