राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रयोजनका लागि क्यानले खुलायो आवेदन

30 Jul, 2025

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

क्यानले बुधवार सावर्जनिक सूचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अवधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो।

क्यालने दोस्रो पटक जर्सीको मुख्य प्रायोजनका लागि आव्हान गरेको हो। यसअघि गत चैतमा पनि आव्हान गरेको थियो। त्यो बेला कुनै आवदेन परेको थिएन।

प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जनाएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन्।

प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन्। प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]