युगान्डा भ्रमणमा रहेको नेपाली महिला टिमले खराब प्रदर्शन गरेको छ। चार देश सम्मिलित वुमन्स डे कप टी २० सिजिरमा नेपालले दोस्रो हारको सामना गरेको छ।
्
खराब ब्याटिङ गरेको नेपालले सोमबार साँझ भएको खेलमा हङकङविरुद्ध १०१ रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेन। नेपाल हङकङसँग २ रनले पराजित भयो।
यसअघि नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो युगान्डाविरुद्ध जित निकालेको थियो।
१०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन्। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र बनाउन सकेको थियो।
यस्तै, पुजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाइन्। हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले समान १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो। उसका कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् भने मारिको हिलले २१ रन बनाइन् ।
बलिङमा नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले समान २ विकेट लिए।