नेपाली महिला टिमले मलेसियासँग टि-२० सिरिज खेल्ने

20 Sep, 2025

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसियासँग सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मलेसियामै ५ खेलाको टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। खेल क्वालालम्पुरमा अक्टोर २ दखि ८ सम्महुने बताइएको छ।

पहिलो पटक नेपालले ग्लोबल क्वालिफायर खेल्न लागेको हो। ग्लोबल क्वालिफायर नेपालमै आगामी जनवरीमा हुनेछ। त्यसैको तयारी नेपाली टिमले मलेसियामा गर्न लागेको हो।

मलेसियासँगको सिरिज अगाडि नेपाली खेलाडीहरुले मलेसियामै मलेसियन सुपर वुमन सिरिज खेल्ने छन्। नेपाली टिमका १४ खेलाडीले विभिन्न ५ टिमबाट यो प्रतियोगिता खेल्ने क्यानले जनाएको छ। यो सिरिज सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ।

प्रतियोगितामा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन प्रतिस्पर्धा गर्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]