अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो।
पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ । आजको खेल जित्दै नेपाल सिरिज बराबरी गर्ने दाउमा छ भने मलेसिया खेल जित्दै एकखेल अगावै सिरिज जित्न चाहन्छ।
मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ।
