नितिशको कीर्तिमानी शतक, बक्सिङ डे टेस्टमा भारतको ‘फाइट ब्याक’

28 Dec, 2024

आठौं नम्बरमा ब्याटिङ गर्दै अलराउन्डर नितिशकुमार रेड्डीले मेडन शतक प्रहार गरेपछि ‘बोर्डर गावस्कर’ ट्रफीको बक्सिङ डे टेस्टमा भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्ध फाइट ब्याक गरेको छ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएपछि दोस्रो दिन आफ्नो इनिङ सुरुआत गरेको भारत दिनको समाप्तिमा १६४–५को दबाबपूर्ण अवस्थामा थियो। भारतले दिनका १५ मिनेटको खेल बाँकी छँदा ३ विकेट गुमाएको थियो।

चौथो दिनको सुरुआतमै रिषव पन्त र रविन्द्र जडेजा आउट भएपछि भारत २२१–७को अवस्थामा आएको थियो। त्यसपछि युवा अलराउन्डर नितिशले पहिलो टेस्ट शतक प्रहार गरेपछि भारतले खेलमा पुनरागमन गरेको हो।

तेस्रो दिनको खेल सकिँदा भारत ३५८–९को अवस्थामा छ। यही सिरिजमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका नितिशले स्कट बोलान्डको बलमा चौका प्रहार गर्दै शतक बनाए। उनले १७१ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे।

योसँगै २१ वर्षीय नितिश अस्ट्रेलियामा भारतका लागि शतक बनाउने कान्छा खेलाडी बनेका छन्। यो शतक अस्ट्रेलियाविरुद्ध ८ नम्बरको ब्याट्सम्यानले बनाएको पहिलो शतक पनि हो।

भारतलाई फाइट ब्याक गराउने क्रममा नितिशले आठौं विकेटका लागि वासिङ्ट न सुन्दरसँग १२७ रनको साझेदारी गरेका थिए। सुन्दरले १६२ बलमा ५० रन बनाए।

पहिलो इनिङमा भारत अझै ११६ रनले पछि छ।