नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्रै खेल हुनेछ।
जसमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन्। यो खेल त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजे सुरु हुनेछ।
यो काठमाडौंको दोस्रो खेल हो भने सुदूरपश्चियमको पहिलो खेल हो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई हाएको काठमाडौं लागतार दोस्रो जितको खोजीमा हुने छ भने सुदूरपश्चिमको लक्ष्य जितसहित सुखद सुरुआत गर्दै उपाधि जित्ने उसको छ।
काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्।
काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ। यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन्। सुदूरपश्चिमविरुद्ध काठमाडौं सम्भवतः पहिलो खेल खेलेकै टिमलाई निरन्तरता दिनेछ।
यता, सुदूरुपश्चिमले क्रिस लिन, जोश ब्राउन, स्टक कुगुलेइन र हर्मित सिंहलाई प्लेइङ ११ मा खेलाउन सक्नेछ। यस्तै, नेपाली खेलाडीमा विनोद भण्डारी, इशान पाण्डे, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, नरेन साउद र हेमन्त धामीले स्थान बनाउन सक्नेछन्।
