एनपिएलमा लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

20 Nov, 2025

नेपाल प्रियिमर लिगमा लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। बिहीबार साँझ कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्यो।

चितवनले दिएको १४३ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ओभरमा ४ विकोटको क्षतिमा भेट्टायो। उसका लागि गुल्बाद्दिन नइबले सर्वाधिक ४४ रन बनाए। उनले २४ बलमा समान ३ चौका र छक्का प्रहार गरे।

यस्तै, कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ३९ रन बनाउँदा सन्दीप जोराले १८ बलमा २८ रन बनाए। बलिङमा चिवतनका लागि चितवनले २ तथा रोहेल तनवीरले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १४२ रन बनायो। उसकालागि रवि बोपराले ५५ बलमा ४ चौका र ३ छक्का मद्दतमा ६६ रन बनाए। यो उनको लगातार दोस्रो अर्धशतक हो। यस्तै, कप्तान कुशल मल्ले २१, सैफ जइबले १५ र देव खनालले १४ रन बनाए।

चितवनलाई सस्तैमा समेट्ने क्रममा रुबेन त्रुमपेलमनले ३ तथा अविशेष गौतम र गुल्बाद्दिन नइबले समान २ विकेट लिए।

यसअघि चिवतनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]